शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

शनिबार, २९ जेठ २०७८, १४ : २८
शनिबार, २९ जेठ २०७८

प्युठानमा कोष तथा लेखा निरीक्षक कार्यालयको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर तल खसेको छ । सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको गाडीमा चालक एक्लै सवार रहेको प्रहरीको भनाइ छ । 

आचार्यको शव पोस्टमार्टमका लागि बिजुवार अस्पतालमा ल्याइँदै गरेको गैरेको भनाइ छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप