शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर ईलाममा एकको मृत्यु

शनिबार, २९ जेठ २०७८, १४ : ०३
शनिबार, २९ जेठ २०७८

ईलाममा  बिजुलीको लाईन मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका-७ ताराकुटीडाँडा फुलगाछी बस्ने ५० वर्षीय वीर बहादुर लिम्बुको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । 

बिजुलीको पोलमा भर्‍याङ लगाई चढी बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप