शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बसुन्धारामा स्कुटर बिजुलीको पोलमा ठोक्किदा चालकको मृत्यु

शनिबार, २९ जेठ २०७८, १३ : ५४
शनिबार, २९ जेठ २०७८

काठमाडौंमा स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा ३४ प १७५२ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने चितवन भरतपुर महानगरपालिका(२२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । 

यता, कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलस्थित सडकमा लु १ च ५७२८ नम्बरको पिकअपले लु ५९ प ३०४६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभूमि नगरपालिका(५ कटिहवा बस्ने २६ वर्षीय विजय कुमार यादव समेत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप