केन्द्रीय संस्करण

लघुकथा : धन र मन

person explore access_timeजेठ २९, २०७८ chat_bubble_outline0

 

धन र मन मिल्ने साथी थिए । जबदेखि विदेश आए, सुरुमा त बल्ल बल्ल भेटेको जस्तोसुकै काम गरेर भए पनि हातमुख जोड्दै थिए । तर धेरै वर्षको कडा मिहिनेतपछि दुवै मिलेर एउटा रेस्टुरेन्टको व्यापार सुरु गरेँ । किनभने दुवैमा विश्वास थियो, साथीको साथ नै जीवनको सफलताको एउटा बलियो शक्ति हो । सबैथोक ठीकठाक चल्दैथियो । 

एक दिन उनीहरू ब्यापारकै सिलसिलामा अर्काे ठाउँ जानुपर्ने भयो । धन मनको कारमा सँगै गए । मन कार हाक्दै थिए । अचानक बाटोमा गाडी हिउँको चिप्लोमा चिप्लिएर तल फाँटमा खसेर रूखमा ठोक्कियो । आँखा खुल्दा दुवैजना हस्पिटलमा थिए । धनको हातमा ब्यान्डेज थियो । दुवैजनाको जिउमा ठाउँठाउँमा कोतरिएका घाउ थिए ।

धनलाई मानिसहरुले उचाले । दुई साथीको मिलन र राम्रो व्यापार गरेर उन्नति प्रगति गरेको देखी नसहनेले भन्न थाले–

‘धन तिमी मनलाई मुद्दा हाल ।’

‘हैन हैन यो त एक्सिडेन्ट हो, जानी जानी गरेको होइन’ धनले भने ।

‘उसले विचार गरेर हाँक्नु पथ्र्यो नि । यस्तोमा साथी भन्न हुँदैन तिम्रो ज्यान जान सक्थ्यो ।’

एक्सिडेन्टको वकिलले पनि मौकामा चौका हान्दै ब्रेनवास गरे पछि कुरो अदालत पुग्यो ।

त्यसपछि तारिखका लागि धाउन पर्ने, वकिलको फिस, दाबीको हर्जाना गर्दै सबैले सबैतिरबाट पैसा सोस्न थाले । अनि धन र मनको त्यति लामो र मधुर मित्रता टुट्यो । होटेल बेचियो ।

धनले क्षतिपूर्ति स्वरूप केही धन त पाए । तर उनलाई लाग्यो ‘जाबो धनका लागि मैले यो के गरेँ । साथी गुमाएँ । व्यापार गुमाएँ । विश्वास गुमाएँ । सम्बन्ध गुमाएँ । खुसियाली गुमाएँ ।’

धनले चिन्तित भएर खुइया गरे । अब उनलाई नै थाहा छैन उनले न्याय पाए कि सबै थोक गुमाए ।

लस एन्जेलस

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.