प्रदेशसभा बैठकमा वैद्यले गरे आत्मालोचना
बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । उनले प्रदेशसभाको आज बसेको बैठकमा बोल्दै शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शव्दहरु प्रस्तुत भएको भन्दै वैद्यले माफी मागेका हुन् ।
शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।
संविधानमा व्यवस्था भए अनुसार आफूले आफ्नो अभिव्यक्ति दिएको र पार्टीको निर्देशन अनुसार आफूले आत्मालोचना गरेको उनको भनाइ छ ।
आफू महात्मा गान्धीलाई मान्ने र शब्दले पनि कसैको मन दुखाउन नचाहेको भन्दै ओली प्रवृत्तिको कारण आक्रोशित भएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्ति प्रति आत्मालोचना र माफी माग्दै संसद्को रेकर्डबाट त्यसलाई हटाउन सभामुख समक्ष आग्रह गरे ।
उनले आत्मालोचना गर्दै माफी मागेकाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

