शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको तारिफमा पुटिनले भने, ‘उनी असामान्य व्यक्तित्व हुन्’

शनिबार, २९ जेठ २०७८, १२ : १२
शनिबार, २९ जेठ २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर तारिफ गरेका छन् । 

‘अहिले पनि मलाई ट्रम्प असामान्य व्यक्तित्व हुन् भन्ने लाग्छ, प्रतिभावान व्यक्ति,’ पुटिनले भने,‘यस्तो नभएको भए उनी अमेरिकाको राष्ट्रपति बन्ने थिएनन् । उनी निकै रसिक व्यक्ति हुन् । तपाईलाई उनी मनपर्न वा नपर्न पनि सक्छ । तर, उनी अमेरिकी संस्थापन खेमाबाट आएनन् र राष्ट्रपति बन्नुअघि राजनीतिमा ठूलो भूमिकामा थिएनन् । त्यसैले कसैलाई उनी मनपर्छ र कसैलाई मन पर्दैन ।’

वर्तमान राष्ट्रपति जो बाइडेन ट्रम्पको दाँजोमा निकै फरक रहेको पुटिनले बताए । ‘उनी फरक छन् किनकी पुटिनले आफ्नो सम्पूर्ण जवानी नै राजनीतिमा बिताएका छन्,’ पुटिनले भने । उनले पछिल्ला वर्षहरुमध्ये अहिले अमेरिका र रुसको सम्बन्ध सबैभन्दा खराब अवस्थामा रहेको बताए । 

पुटिनले १६ जुनमा स्विचरल्यान्डको जेनेभामा बाइडेनसँग भेट्ने कार्यक्रम छ । यसअघि राष्ट्रपतिका रुपमा आफ्नो पहिलो युरोप भ्रमण सुरु गरेका बाइडेनले बेलायत आउनसाथ पुटिनसँगको भेटमा रुसलाई स्पष्ट सन्देश दिइने बताएका थिए । 

‘हामी रुससँग द्वन्द्व चाहादैनौँ  । हामी स्थिर सम्बन्ध चाहन्छौं,’ उनले भनेका थिए,‘तर, यदी रुस सरकार खतरनाक गतिविधिमा संलग्न रह्यो भने अमेरिकाले पनि अर्थपूर्ण जवाफ फर्काउनेछ । यसमा म स्पष्ट छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप