बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका तीन स्थानीय तहको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

शनिबार, २९ जेठ २०७८, १२ : ०८
शनिबार, २९ जेठ २०७८

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरूको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

रेडक्रसले लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिका तथा सम्मरीमाई गाउँपालिकामा रहेका आइसोलेशन सेन्टरहरुमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सिद्धार्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारी, लुम्बिनी सांस्कृतिक प्रमुख मनमोहन चौधरी र सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्बु) लाई उक्त सामाग्री हस्तान्तरण गरेको रेडक्रस रुपन्देही अध्यक्ष प्रेसलाल उदासले बताए ।

रेडक्रसले यी पालिकालाई खानेपानी ट्यांकी, ह्याण्ड वासिङ स्टेशन, माक्स, सेनिटाइजर, हर्पिक, फिनेल, साबुन, युरिगार्ड, पानी फिल्टर जग, सेनिटाइजर इन्सुरेन्सी लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रत्येक स्थानीय तहलाई १ लाख ८० हजारदेखि २ लाख रुपैयाँसम्मको स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाकले जनाएको छ ।

रेडक्रसले जेठ १ गतेदेखि स्वयंसेवक परिचालन गरी बेलहिया नाकामा आवातजावत गर्ने यात्रुलाई समेत निःशुल्क खानेपानी वितरण गर्दै आइरहेको रेडक्रस, रुपन्देही जिल्ला शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेले बताए ।

त्यस्तै रेडक्रसले भारतबाट घर फर्किने नेपालीहरु संक्रमित भएको खण्डमा उनीहरुलाई घरसम्म निःशुल्क पुर्याउँदै समेत आएको जनाएको छ ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्लले ढिलै भए पनि स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको भन्दै यसले गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न सहयोग पुग्ने जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप