बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्किङमा राखिएका सवारी साधन तोडफोड

शनिबार, २९ जेठ २०७८, ११ : ४७
शनिबार, २९ जेठ २०७८

दाङको लमहीमा पार्किङमा राखिएका सवारी साधन गएराति अज्ञात समूहले तोडफोड गरेको छ ।

अज्ञात समूहले लमहीको विभिन्न स्थानमा पार्किङ गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको  प्रहरीले जनाएको छ ।

उक्त समुहले रातको समयमा मिनी ट्रक, जिप ,वस तोडफोड गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताए ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार  लमही स्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप तोडफोड भएको छ ।

प्रहरीले रातको समयमा तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप