बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोह्रखुट्टे वृत्तको जिम्मेवारी डिएसपी विष्टलाई

शनिबार, २९ जेठ २०७८, ११ : ०१
शनिबार, २९ जेठ २०७८

काठमाडौं । महानगरीय प्रहरी वृत सोह्रखुट्टेको कमाण्ड गर्ने जिम्मेवारी डिएसपी प्रमेश विष्टलाई दिइएको छ । त्यहाँ कार्यरत डिएसपी दिपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले फिर्ता बोलाएपछि सो स्थान खाली थियो । 

सोह्रखुट्टे वृत्तको कमाण्ड गर्नेगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी विष्टलाई पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले रातोपाटीलाई बताए । 

ठमेल क्षेत्रका रात्रि ब्यवसाय विहानसम्म खोल्न दिएको आरोपमा महानगरीय प्रहरी कार्यालयले डिएसपी खड्कामाथि निषेधाज्ञा जारी हुनुअघि  छानबिन गरिरहेको थियो । ​गत साता उनलाई कारवाही स्वरुप महानगरीय प्रहरी परिसर टेकुमा हाजिर गर्नेगरी फिर्ता बोलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप