शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा ट्रकले किचेर सह-चालकको मृत्यु

शनिबार, २९ जेठ २०७८, १० : ४९
शनिबार, २९ जेठ २०७८

गुल्मीमा ट्रकको पाङ्ग्राले किचेर एक जना सह–चालक युवकको ज्यान गएको छ ।  

जिल्लाको मदाने गाउँपालिका– २ बाँझकटेरी पञ्चनपोखरास्थित ना २ ख ५७६५ नम्वरको ट्रकले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको  शनिबार बिहान मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार ट्रकको पछाडि ओत लगाउने क्रममा ट्रक पछाडितिर चल्दा पाङ्ग्राले किचेर घर्तीको मृत्यु भएको हो । 

मृतक घर्ती प्युठानका स्थायी बासिन्दा भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप