शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा घट्दै कोरोना सङक्रमण

शनिबार, २९ जेठ २०७८, ०८ : ३२
शनिबार, २९ जेठ २०७८

वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ ।

स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । 

कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेको छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र  लिम्चुङबुङ गाउँपालिकमा  ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ ।

जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरुको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताएका छन् । 

जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसैबीच कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ । थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप