शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस सांसद बैद्यलाई कारबाही गर्न एमाले सांसदको माग

शनिबार, २९ जेठ २०७८, ०८ : ३१
शनिबार, २९ जेठ २०७८

बागमती प्रदेशसभाको नीति  तथा कार्यक्रमबारे छलफलमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । 

यस्तो माग गर्ने सांसदहरुमा डाक्टर अजयक्रान्ति शाक्यलगाय छन् । ‘बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन । उनलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ ।’  


प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफल भन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति अराजकताको पराकाष्ट भएको पनि सांसदहरुको भनाई छ ।

सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउनका निम्ति विभिन्न किसिमको हतकण्डा अपनाइरहेको भन्दै नेपालको अहिलेको परिपेक्षमा नाथुराम गोड्से बन्नुपर्ने अभिव्यक्ति दिएका थिए । 

‘नेपालको अहिलेको परिपेक्षमा खड्क ओलीलाई यसरी नै छाड्ने हो भने नेपाल खाइदिन्छ है, खाइदिन्छ है,’ वैद्यले भनेका थिए, ‘त्यसैले मेरो आग्रहचाँहि कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब, यो देश बचाउनका लागि कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्छु ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप