बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युरोकपमा इटलीको उत्कृष्ट सुरुआत, टर्की ३–० ले पराजित

शनिबार, २९ जेठ २०७८, ०८ : २०
शनिबार, २९ जेठ २०७८

युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुआत गरेको छ । रोमस्थित ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीलाई ३–० ले हराएको हो । खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । 

टर्कीका डोमिनिको बरार्डीले आत्मघाती गोल गरेसँगै अग्रता लिएको इटलीका लागि सिरो इम्मोबिले र लोरेन्जो इन्सिन्येले १–१ गोल गरे ।

समूह एमा इटली र टर्कीसँगै वेल्स र स्विचरल्यान्ड पनि  छन् । वेल्सी स्विचरल्यान्डबीच आज प्रतिस्पर्धा हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप