शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रपत्रिका

होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !

शनिबार, २९ जेठ २०७८, ०६ : ३७
शनिबार, २९ जेठ २०७८

सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।

विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र हत्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार केही समययता अपरिचित व्यक्तिले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाई बारम्बार भिडियो संवाद गर्ने र प्रेम प्रस्ताव राखी आफैँले अश्लील क्रियाकलाप देखाई सम्बन्धित पुरुष वा महिलालाई उक्साउँछन् ।

एकआपसमा साटासाट गरिएका अश्लील तस्बिर तथा कुराकानी रेकर्ड गरेपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक सञ्जालमा राखिदिने र पारिवारिक सम्बन्ध टुटाइदिनेसम्मको धम्की दिने गरेको पाइएको छ ।

साइबरविज्ञ वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्याल कोरोना बन्दाबन्दीको मौकाछोपी अश्लील क्रियाकलाप गर्न उक्साएर भिडियो बनाउने, तस्बिर साटासाट गर्ने, फोटोसप तथा म्युटिलेट भिडियो सामाजिक सञ्जालमा राखी चरित्र हत्यासँगै रकम बार्गेनिङको समस्या बढेको बताउनुहुन्छ ।

“साइबर अपराधको शिकार हुनबाट जोगिन सर्वसाधारणका लागि पटक–पटक सार्वजनिक जनचेतना गरिँदै आएको छ । तर पनि कतिपयले सामाजिक सञ्जालबाट प्राप्त हुने सूचना सामग्री र प्रस्तावप्रति पूर्ण विश्वास गर्ने भएकाले चरित्र हत्या र ठगी अपराध मौलाएको छ,” उनले भने ।

साइबर अपराधसँग सम्बन्धित दैनिक १८ देखि २७ वटासम्म उजुरी आउने गर्छन् । ब्युरो प्रहरीका अनुसार तीमध्ये एक दर्जन चरित्र हत्या र ठगीका छन् । अश्लील भिडियो र तस्बिर देखाएर नगद बार्गेनिङ कोरोनापछि देखा परेको नयाँ किसिमको अपराध हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप