बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीमाथि भयानक षडयन्त्र भैरहेको रहेछ : गोकुल बाँस्कोटा

शनिबार, २९ जेठ २०७८, ०० : १०
शनिबार, २९ जेठ २०७८

पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भयानक षडयन्त्र भैरहेको बताएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आफैँ गोड्से बन्न तयार रहेको अभिव्यक्ति प्रदेशसभा बैठकमा दिएपछि पूर्वमन्त्री बास्कोटाले सो टिप्पणी गरेका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ?’ बाँस्कोटाले बैद्यको अभिव्यक्तिबारे काँग्रेसको आधिकारिक धारणा समेत मागेका छन् । 

काँग्रेसका बागमती प्रदेशसभा सदस्य वैद्यले शुक्रबारको बैठकमा महात्मा गान्धीका हत्यारा गोड्सेको नाम लिँदै भनेका थिए : ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु ।’ वैद्यको यो अभिव्यक्तिलाई लिएर काँग्रेस र एमालेभित्र अहिले हंगामा मच्चिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप