बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सिमित नेपाल ३–० गोलले पराजित

शुक्रबार, २८ जेठ २०७८, २३ : ४२
शुक्रबार, २८ जेठ २०७८

१० खेलाडीमा सिमित नेपाल अस्ट्रेलियाविरुद्ध ३–० गोलले पराजित भएको छ । पहिलो हाफमा दुई गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्यो ।

म्याथ्यु लेकीले खेलको छैटौँ मिनेटमा नै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा फ्रान कारासिकले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।

दोस्रो हाफमा ५७ औँ मिनेटमा मार्टिन बोयलले अर्को गोल थपे । त्यसपछि पनि अस्ट्रेलियाले गोलका थुप्रै अवसर सिर्जना गरे पनि गोल भने गर्नबाट चुक्यो। खेलमा अस्ट्रेलिया नेपालमाथि हाबी बनेको थियो । नेपालले विपक्षीको पोष्टमा एउटा पनि हमला गर्न सकेन ।

हारसँगै समूहमा दुई खेल जित्दै ६ अंक बटुलेर नेपाल पुछारबाट दोस्रोमा सिमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप