शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कहरमा निःस्वार्थ सेवा गरौं : नारायणमान बिजुक्छे

शुक्रबार, २८ जेठ २०७८, २२ : ४२
शुक्रबार, २८ जेठ २०७८

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कोरोना युद्धमा कर्तव्य निर्वाह नगर्ने डाक्टर इमान्दार सिपाही हुन नसक्ने बताएका छन्। आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले आयोजना गरेको जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीसँग भर्चुअल कार्यक्रम उनले महामारीको समयमा निःस्वार्थ भावले  सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

नपाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको चर्चा गर्दै उनले नगरपालिकाको आव्हानकै भरमा पौने ६ करोड रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको पुष्टि हुने भनाइ राखे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरूप्रति उच्च सम्मान गर्नु पर्ने भन्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरू पछि हटेमा समाजलाई जोगाउन मुश्किल पर्ने बताए । नपाका उपप्रमुख रजनी जोशीले ख्वप अस्पतालको लागि अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य सामाग्री व्यवस्था गर्न सानो बालक, युवादेखि ज्येष्ठ नागरिकहरूसम्मको सक्रिय सहभागिताले अक्सिजन प्लान्ट जडान कार्य शुरु भइसकेको बताए ।

कार्यक्रममा भक्तपुर नपाका शाखा अधिकृत गौतमप्रसाद लासिवा, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा.रत्नसुन्दर लासिवाले कोभिड महामारीमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले प्रदान गर्दै आएको सेवाबारे चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप