शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा घटनाका पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्थापन गर्न उपप्रधानमन्त्रीको निर्देशन

शुक्रबार, २८ जेठ २०७८, २२ : ३३
शुक्रबार, २८ जेठ २०७८

उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने मुखियापट्टी मुसहरनियाँको हो ।

उपप्रधानमन्त्री महतोद्वारा जारी शोक सन्देशमा सो घटनाले आफूलाई मर्माहत तुल्याएको जनाउँदै दुर्घटनाबारे थाह पाएलगत्तै आफूले धनुषाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेर घटनाको सत्य तथ्य विवरण जानकारी गराउन र उचित क्षतिपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बालिकाहरु बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताए । प्रहरीले घटनास्थल पुगेर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप