शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा

शुक्रबार, २८ जेठ २०७८, २२ : २१
शुक्रबार, २८ जेठ २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउने बताइन् ।

कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरेँ भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।” मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिइने तथा केही नयाँ कार्यक्रम ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिइन् ।

अहिलेको  सूचनाप्रविधिको युग अनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिए । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुखलगायतको उपस्थिति  थियो । कार्यक्रममा मन्त्रालयले सम्पादन गरिरहेका काम  तथा आगामी कार्यक्रमसम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप