शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अश्लिल गीत बनाएको भन्दै भोजपुरी सुपरस्टारविरुद्ध उजुरी दर्ता

शुक्रबार, २८ जेठ २०७८, २२ : ०३
शुक्रबार, २८ जेठ २०७८

मुम्बई । भोजपुरी सुपरस्टार खेसारी लाल यादव विरुद्ध मुम्बईमा उजुरी दर्ता भएको छ । महिलालाई लिएर अश्लील गीत बनाएको आरोप उनलाई लागेको छ । उनी विरुद्ध भारतीय दण्ड संहिताको धारा २९२, २९४ तथा ३५४ अन्तर्गत केस गरिएको छ ।

‘सनातन सेवा फाउन्डेशन’का प्रमुख श्री सरजीत सिंहले बिहीबार उनी विरुद्ध आपराधिक मामलामा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भनिएको छ ‘खेसारी लाल यादवले पैसा कमाउने उदेश्यले अश्लिल गीत र भिडियो बनाएका छन् ।’

उनको हालै रिलिज भएको गीत ‘चाची के बच्ची सपनवा मे आती है’ पनि उल्लेख गर्दै सुरजितले भने ‘यो गीतले समाजमा महिलाको सम्मानमा ठेस पुगेको छ ।’ उजुरीमा स्क्रिन सट समेत प्रमाणको रुपमा राखेर कडा कारबाहीको माग गरिएकोछ ।

यस अगाडि पनि खेसारी बिरुद्ध लखनउ, उत्तर प्रदेशमा केस दर्ता भएको थियो । मार्च २०२१ मा फिल्म निर्देशक राजकुमार पाण्डेले उनलाई धम्की र अभद्र व्यवहारको आरोप लगाएका थिए । यादवले सामाजिक संजालमा निर्देशकका लागि अपमानजनक टिप्पणी र धम्की दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप