पाकिस्तानमा दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते

person explore access_timeजेठ २८, २०७८ chat_bubble_outline0

पाकिस्तानको बलुचिस्तानमा प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।  घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।   उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।   सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ । यसै साताको शुरुमा पाकिस्तानको सिन्धमा दुई वटा रेल जुधेर दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको थियो भने सयौं व्यक्ति घाइते भएका थिए । –एएनआई

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।