शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’ मा नेपाली मोडल अनिता

शुक्रबार, २८ जेठ २०७८, १९ : ३८
शुक्रबार, २८ जेठ २०७८

लन्डनको बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’ नेपाली मोडल अनिता लिम्बूले सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् । सामाजिक सञ्जालमा उनको प्रतिभा देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गरेको थियो । आयोजकको आग्रहअनुसार उनले शो को अडिसनमा सहभागी हुँदै कार्यक्रममा भाग लिएकी थिइन् ।

रियालिटी शो ‘आई टिभी टू’ च्यानलमार्फत प्रसारण भएको छ । ‘आई टिभी हब’ मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । ताप्लेजुङमा जन्मिएर इटहरीमा हुर्किएकी उनी सानै देखि नृत्यमा माहिर थिइन् । नेपालमा विभिन्न सांगीतिकका कार्यक्रम र मोडलिङ शो मा भाग लिँदै गर्दा अध्ययनको शिलशिलामा यूके पुगेकी उनले ‘बर्हिगमनको एक फेशन शो’ बाट मोडलिङ यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘अक्सफोर्ड फेशन विक’ र ‘लण्डन फेशन शो’ मा पनि भाग लिइसकेकी छिन् ।

फेसन शो को अलवा लण्डनमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा पनि भाग लिँदै आएकी उनले सौन्दर्य प्रतियोगिताबाट विभिन्न टाइटल अवार्ड समेत हात परेकी छन् । थुप्रै नेपाली म्युजिक भिडियोमा समेत अभिनय गरेकी ५ फिट ७ इञ्च उचाई र आकर्षक शरीर भएकी अनिताको जिउडाल जो कोहीलाई पनि लोभ्याउने खालको रहेको छ । । नेपाली फिल्म अभिनयमा पनि आफ्नो रुचिको बिषय भएको बताउने उनी भविष्यमा चलचित्रमा अभिनय गर्ने सोच रहेको बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप