जनकपुरमा चट्याङ लागेर २ बालक घाइते
शुक्रबार, २८ जेठ २०७८, १९ : १७
![जनकपुरमा चट्याङ लागेर २ बालक घाइते](https://rpcdn.ratopati.com/media/albums/thundar_SmWUMrAftb.jpg)
जनकपुरधाममा चट्याङ लागेर २ बालक घाइते भएका छन् । शुक्रबार वर्षासँगै परेको चट्याङबाट जनकपुरधाम उपमहानगरपालिका १ स्थित पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।
जनकपुरधामको पुल्चोकस्थित रेल्वे स्टेशन नजिकै चट्याङ लागेर दुबै बालक घाइते भएको धनुषाको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । पिपलको रुखमा चटयाङ खस्दा रुखमुनि खेलिरहेका दुई बालक घाइते भएका हुन् ।
घाइतेमध्ये रहान साफीको अवस्था गम्भीर रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए । घाइते दुबै बालकको स्थानीय रामजानकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी