बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीले भेटे राउटे समुदाय

शुक्रबार, २८ जेठ २०७८, १८ : ०९
शुक्रबार, २८ जेठ २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा  परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ । 

सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

शाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ । भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी पनि सहभागी भएका थिए । 

केहीदिन अघि सुर्खेतका युवाहरुको यौन दुर्व्यवहारमा परेकी किशोरीसहित अन्य राउटे प्रतिनिधिहरुले मुख्यमन्त्रीलाई भेटे पनि सो घटनाबारे भने मुख्यमन्त्रीको सचिवालयले केही कुरा सार्वजनिक गरेको छैन । भेटघाटपछि मुख्यमन्त्रीको कार्यालयमा उनीहरुले सामूहिक फोटो खिचाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप