प्रदेशमा रहेका केपी ओलीका सरकार ढल्दै जान्छन् : उपेन्द्र यादव
शुक्रबार, २८ जेठ २०७८, १८ : ०३
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशमा रहेका एमालेका सरकार ढल्दै जाने बताएका छन् । शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले ओलीले नेतृत्व गरेका सरकारहरु ढल्दै जाने उल्लेख गरेका हुन् ।
सभामुख सापकोटासँगको छलफलको निचोड लोकतन्त्रलाई बचाउने रहेको उनको भनाई छ । यादवले नागरिकता विधेयक संसदबाट पास गराएर नागरिकताबाट बञ्चित भएकाहरुलाई नागरिकता दिनुपर्ने उल्लेख गरे । जसपा फुटको बारेमा गरिएको प्रश्नमा उनले पार्टी फुटेको नभई केहीले बाटो बिराएर गएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण