शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा शुक्रबार एकैदिन थपिए ९३७ जना संक्रमित

शुक्रबार, २८ जेठ २०७८, १७ : ४९
शुक्रबार, २८ जेठ २०७८

प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो  दैनिक संक्रमणको अहिलेसम्मकै उच्च संख्या हो । मुलुकभर ३७५० जना संक्रमित थपिँदा प्रदेश १ मा मात्र ९३७ थपिएका छन् । प्रदेशमा थपिएको आजसम्मकै यो संख्या उच्च हो । गतवर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह्रथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ । 

मोरङको विराटनगरमा १२४ महिला र १७७ पुरुषसहित ३०१, सुन्दर हरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरी शनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३–३, धनपालथान, सुनबर्षी र स्थानीयतह नखुलेका १–१, झापाको भद्रपुरमा ६३, बिर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७,बाह्रदशीमा ४, स्थानीयतह नखुलेका ३, स्थानीय हल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१, सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३, चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँच खपनमा १,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३८ हजार ९२० पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ३०२  संक्रमणमुक्त भएका छन् । आज ७० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको छ । प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको  मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप