शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल बाहिर स्ट्रेचरमा देखिए ९८ वर्षका दिलिप कुमार, श्रीमती सायराले कहिले उनको निधार चुमिन्, कहिले मिडियालाई हात हल्लाइन्

शुक्रबार, २८ जेठ २०७८, १७ : ०७
शुक्रबार, २८ जेठ २०७८

पछिल्लो जमानाका चर्चित अभिनेता दिलिप कुमार शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई स्ट्रेचरमा बाहिर ल्याइएको भारतीय सञ्चार माध्यमले जानकारी दिए । उनकी श्रीमती सायरा बानोले कहिले हात हल्लाएर बाहिर उपस्थित मिडियाकर्मीलाई अभिवादन गरिरहेकी थिइन् त कहिले दिलिपको निधार चुमिरहेकी थिइन् ।

९८ वर्षका दिलिप पछिल्लो पाँच दिनदेखि उपचार गराइरहेका थिए । आइतबार सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अनुसन्धानमा पत्ता लाग्यो कि उनको फोक्सोमा पानी भरिएको थियो । यो स्थितिलाई बाइलिटरल प्ल्यूरल इफ्यूजन भनिन्छ । हिन्दुजा अस्पतालका डा. जलिल पारकरले भने, ‘फोक्सोमा पानी भरिनु उमेर सम्बन्धित समस्या हो ।’

दिलिप कुमारको तर्फबाट फैजल फारुखीले उनी डिस्चार्ज भएको जानकारी सोसल मिडियामा दिए । उनले लेखेका छन्, ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थना लिएर दिलिप साहब अस्पतालबाट घर जाँदै हुनुहुन्छ । ’

अघिल्लो महिना पनि दिलिप कुमार अस्पताल भर्ना भएका थिए त्यतिबेला पनि उनलाई सास फेर्न समस्या भइरहेको छ भनिएको थियो र त्यतिबेला पनि सायरा बानोले आधिकारिक वक्तव्य जारी गर्दै उनी रुटिन चेकअपका लागि अस्पतालमा भर्ना भएको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप