चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारवाही गर्न संघको आग्रह
नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा.शंकर प्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।
सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन), अध्यादेश २०७८ अनुसार पुर्पक्षका लागि थुनामा राखी हदैसम्मको जरिवाना र कैद तोक्न समेत माग गरेको छ ।
संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले हस्ताक्षर गरेको विज्ञप्तिमा घाइते चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि क्षतिपूर्ति दिलाउन समेत माग गरिएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याइएको आइसोलसनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकद्वयमाथि बिहिबार साँझ १५–१६ जनाको समूहले आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन