सरकारलाई नेपाल नागरिक अभियानको व्यङ्ग्य– बलात्कारीलाई पनि नियुक्त गर्ने कि !
नेपाल नागरिक अभियानले मन्त्रिपरिषद विस्तारका नाममा पछिल्लो समय सामेल गरिएका कतिपय व्यक्ति आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै असन्तुष्टि जनाएको छ । अभियानका तर्फबाट जारी विज्ञप्तिमा जथाभावी मन्त्रिपरिषद विस्तार गरिएकोमा सरकारलाई व्यङ्ग्य गर्दै ‘अब बलात्कारीलाई पनि नियुक्त गर्ने कि !’ भनेर प्रश्न गरिएको छ ।
जनता रोग, भोग र शोकबाट पीडित रहेको समयमा सरकारले प्रत्येक हप्ता मन्त्रिपरिषद पुनर्गठनका नाममा अपराधीहरूका समूहलाई संगठित गर्दै नेपाली जनतालाई कस्तो सुशासन र समृद्धि दिन खोजेको भनेर नेपालीहरुले प्रश्न गरिरहेको अभियानले विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘सरकारको नाममा देखिएका झुण्डहरूको नाममा विदेशी नागरिकताको आरोप लागेका, राष्ट्र विखण्डनको मुद्दा बोकेका, कुटनीतिक अपराधमा संलग्न, लागूऔषधका गुण्डा नाइके, मातृभूमिको माटो तथा राष्ट्रिय प्राकृतिक साधन, स्रोत र सम्भावनाहरूका सौदागर पनि पनि सरकार मै छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘अब, दुईचार जना बलात्कारीहरू पनि नियुक्ति गर्ने कि सरकार ?’
देशमा कोरोना महामारीले देश र जनता आक्रान्त रहेको समयमा ‘रोम जल्दा निरो बाँसुरी धुनमा रमे झैँ’ सरकार रम्ने गरेको पनि अभियानका संयोजक ठाकुरमोहन श्रेष्ठ र महासचिव हरिहर प्रदीप घिमिरेको हस्ताक्षरसहित जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मदिराको तालमा साथीको हत्या, ७ जना पक्राउ
-
सुरक्षा माग्दै रामहरि श्रेष्ठकी पत्नीले भेटिन् गृहमन्त्रीलाई
-
ओलीको बुद्धि पलाउने बेला रौँ पलाउन थालेछ : विरोध खतिवडा
-
सोडारीको दाबीमा नाउपाका पाँच सांसदको आपत्ति, पुगे प्रदेश प्रमुखको कार्यालय
-
कतारका सरकार प्रमुखको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा छलफल
-
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’