शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदभित्र बहुमत गुम्दा मुख्यमन्त्री एक मिनेट पनि बस्न हुँदैन : मुख्यमन्त्री पोखरेल

शुक्रबार, २८ जेठ २०७८, १६ : ४७
शुक्रबार, २८ जेठ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद भित्रको राजनितिक अंक गणितमा आफुले विश्वास गर्ने भन्दै संसद भित्रको बहुमत गुम्दा एक मिनेट पनि बस्न नमिल्ने बताएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा  निती तथा कार्यक्रम टेबल गर्ने क्रममा बोल्दै संसदभित्र अंकगणितमा जबसम्म बहुमत रहन्छ, त्यो बेलासम्म मुख्यमन्त्री रहिरहने र बहुमत गुम्दा एक मिनेट पनि सत्तामा बस्न नहुने बताएका हुन् ।

उनले संसदभित्रको अंक गणितमा आफुले विश्वास गर्ने तर अराजनीतिक विचार नमान्ने जिकिर गरे । उनले संसद अंकगणितमा सत्ता पक्षको बहुमत रहँदासम्म मुख्यमन्त्रीको हैसियतमा रहिरहने बताए । संसदभित्र आफ्नो बहुमत रहेको पनि उनले बताए । ४ जना प्रदेशसभा सदस्यहरुको मुद्दा अदालत रहेको प्रसङ्ग निकाल्दै प्रदेशसभामा प्रतिपक्षी सांसद अनुपस्थित हुँदा देखिएको सत्तापक्षका सांसदको उपस्थितिले सरकारसँग बहुमत रहेको देखाएको दावी गरे । उनले त्यस घटनाले सरकारमा बहुमत र अल्पमतको विषयको विवाद अन्त्य गरेको दावी पनि गरे ।

प्रदेशसभामा बोल्दै पोखरेलले लोकतान्त्रिक संस्कृति निर्माण गर्ने कुरामा सक्षम भइनसकेको पनि बताए । उनले प्रदेशको राजनीतिक घटनाक्रममा देखिएका विवादहरुले त्यस कुराको प्रकट गर्ने उल्लेख गरे ।

उनले मुख्यमन्त्रीमा आफ्नो पुनर्नियुक्ति पछि देखापरेका ‘नाटकीय प्रभावले गर्दा राजनीतिमा अस्वस्थताको प्रवेश भएको’ समेत बताए । 

मुख्यमन्त्री पोखरेलले महामारी नियन्त्रणको सन्दर्भमा लुम्बिनी प्रदेश सकारात्मक अवस्थामा आएको तथ्याङ्क पेस गरेका छन् ।  उनले प्रदेश सरकारको सक्रिय पहलकदमीमा प्रदेशमा सक्रिय संक्रमितको संख्या उल्लेख्य घटेको बताउँदै महामारीको जोखिम व्यवस्थापन गर्न सक्ने अवस्थामा आइपुगेको बताएका हुन्  । 

उनले प्रदेशले सक्रिय पहलकदमीमा लिएर अक्सिजन निर्यात नगर्ने भन्ने भारतको नीति परिवर्तन गराएर लिक्विड अक्सिजन सप्लाई गर्न सफल भएको दावी गरे । उनले आइसोलेसन सेन्टर, कोरोना अस्पताल तथा निजी अस्पतालहरुमा समेत संक्रमितको उपचार हुने व्यवस्था मिलाएको भन्दै आउन सक्ने भनिएको तेस्रो लहरलाई समेत ध्यानमा राखेर पूर्व तयारीका कामहरु भइरहेको जानकारी दिए ।

तेस्रो लहरलाई समेत ध्यानमा राखेर पूर्वी रुकुमबाहेक अन्य सबै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न समेत सुनिश्चितता गरिसकेका उनले बताए । उनले साथै उनले प्रदेशमा निजी क्षेत्रबाट लिक्विड अक्सिजनको उद्योग खोल्ने तयारी भइरहेको समेत बताए । उनले लुम्बिनी प्रदेश जनयुद्ध घाइते उपचार गर्ने दुई देखी भइरहेको अव देखी  नि. शुल्क विमा व्यवस्था गरीएको बताए ।  प्रदेशमा लगानी सम्मेलन गर्ने मिति तय गरे पनि दुई पटक नै कोभिडका कारणले रोकिएको उल्लेख गर्दै अहिले असोज कार्तिकतिर गर्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप