शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता माग्दै ढल्केबरमा प्रदर्शन

शुक्रबार, २८ जेठ २०७८, १६ : ३७
शुक्रबार, २८ जेठ २०७८

 सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि युवाहरुले नागरिकता माग गर्दै प्रदर्शन गरेका छन् ।

धनुषाको ढल्केबरमा युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरे । प्रदर्शनमा जन्मसिद्ध, जन्मका आधारमा तथा आमाको नामबाट नागरिकता पाउनबाट बञ्चित रहेका युवाहरुको सहभागिता थियो । उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी युवाले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर, जन्म सिद्धका सन्तानलाई नागरिकता दे, गैर नागरिक बनाउन–पाइँदैन, देशका असल नागरिकको पहिचान गर, संविधान संशोधन छिटो गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । ढल्केवरको खानेपानी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शन ढल्केवरको विभिन्न भागमा परिक्रमा गर्दै शहीद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

सो क्रममा ईन्द्रजीत साफीले संविधान जारी भएको ५ वर्ष बित्दा पनि जन्मसिद्ध तथा जन्मका आधारमा नेपालीले नागरिकता प्राप्त गरेका हजारौँ नेपालीका सन्तानहरु अझै पनि नागरिकता विहीन रहँदा निकै पीडादायी अवस्थाबाट गुज्रिनु परेको बताए ।

उनले नागरिकता प्राप्त गर्न नसक्दा उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार भएर बस्नुपरेको बताए । उनले डाक्टर, इञ्जिनियर लगायतका शिक्षा प्राप्त गर्न नागरिकता चाहिने, बैंक एकाउन्ट खोल्दा नागरिकता, मोटर साइकलका लागि लाइसेन्स, घर जग्गा खरिद विक्री गर्दासमेत नागरिकताको आवश्यकता हुँदा समेत आफुहरुलाई लामो समयदेखि सरकारले बेवास्ता गर्दै नागरिकता नदिई अनागरिक बनाएको दुखेसो गरे ।

साफीले राहदानी बनाउन नसकेकै वैदेशिक रोजगारीमा जान नसकेको बताए । उनले भने– आफू पनि सिभिल इन्जिनियर भएर पनि नागरिकता नभएकै कारण बेरोजगार बस्नु परेको छ । उनले अघि थप्दै भने– सरकार र सर्वोच्च अदालतसँग पीडा बुझिदिन आग्रह गर्छु ।

सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने अध्यादेश ल्याएको खुसियालीमा दीपावलीसमेत मनाएका स्थानीय युवा बिहीबार सर्वोच्च अदालतको आदेशबाट निराश हुँदै नाराबाजीमा उत्रेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप