बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीको अल न्यू फ्ल्यागशिप ‘मी ११’ सिरिज नेपालमा

शुक्रबार, २८ जेठ २०७८, १६ : ३३
शुक्रबार, २८ जेठ २०७८

काठमाडौं । शाओमी नेपालले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर आज सार्वजनिक गरेको छ ।

मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ । जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरू प्रस्तुत गरेको छ ।

अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गर्छ जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूको लागि उत्तम बनेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मीमा उत्कृष्ट पर्फमेन्श र स्टनिङ डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसनलाई सबै भन्दा राम्रो ल्याउनमा केन्द्रित रहेको बताए । उनले फ्ल्यागशिपको मी ११सिरिज– मी ११ एक्स प्रो र मी ११ लाइटको साथ नेपालमा इन्डष्ट्रि–फर्स्ट क्लास–लिडिङ्ग उत्पादनहरु र प्रविधिहरू भित्र्याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप