शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

शुक्रबार, २८ जेठ २०७८, १५ : ३९
शुक्रबार, २८ जेठ २०७८

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । ​मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।

गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो ।  बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेको थियो । 

​मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले  मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ । यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविधानको धारा १६८(५)  अनुसारको मुख्यमन्त्री बन्न सक्ने बाटो खुलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप