प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल आयोजनाहरुको कपी पेष्ट दस्तावेज : काँग्रेस
![प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल आयोजनाहरुको कपी पेष्ट दस्तावेज : काँग्रेस](https://rpcdn.ratopati.com/media/albums/196220043_263524845528895_559678349455890075_n_tA9NltjK2t.jpg)
प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल भएका आयोजनाहरुको कपी पेष्टको दस्ताबेज भएको टिप्पणी गरेको छ । काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सो टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रममाथिको छलफलमा शुक्रबार सहभागी हुँदै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतकै थोत्रा थाम्रा नारा समेटेर झूटका पुलिन्दाको रुपमा आएको बताए ।
प्रदेश सभासद कार्कीले सरकारले जानेर नै यो व्यवस्थालाई गाली गर्ने नीति तथा कार्यक्रम ल्याएको दाबी गरे । सरकारले कल्पना नै गर्न नसक्ने कार्यक्रमलाई समेटेर ल्याएको उनको आरोप थियो । ओली गुटको मुख्यमन्त्रीले ल्याएको नीति तथा कार्यक्रम उनीहरुकै नारा वरिपरि घुमिरहेको कार्कीले बताए । अहिले ल्याइएका कार्यक्रम कार्यान्वय गर्न खर्बौं रुपैयाँ लाग्ने भएकाले सरकारलाई यथार्थपरक कार्यक्रम ल्याउन समेत उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख