बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई हजार जरिवाना तिरेर गणेश लामा रिहा

शुक्रबार, २८ जेठ २०७८, १४ : ५६
शुक्रबार, २८ जेठ २०७८

गुण्डा भनेर चिनिने काँग्रेस निकट युवा गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारीले उनलाई दुई हजार जरिवाना लिएर रिहा गर्न आदेश गरेका हुन् । 

बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पोखराको लेक साइड स्थित खहरेबाट पक्राउ गरेको थियो । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।  लामासँगै पक्राउ परेका चन्द्र लामा र दिपक खड्का पनि जनही दुई हजार जरिवाना तिरेर छुटेका छन् । 

पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनुअघि सांसद दिपक मनाङे हराएपछि बिहीबार प्रहरीले उनको घरमा पुगेर सोधपुछ गरेको थियो । सम्पर्क बिहिन भनेर सूचना आएपछि खोज्नका लागी प्रहरी घरमा गएको कास्कीका एसपी श्रेष्ठले बताए ।  गणेश लामाको पहलमा गण्डकी प्रदेश सभामा मनाङे भोट हाल्न नगएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप