भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य समाग्री प्रदान
भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य समाग्री तथा उपकरण हस्तान्तर गरेको छ । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले करिब २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरेको भारतद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीई किट, पिसिआर परीक्षण किट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्धको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गरे । गत सालयता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारीविरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र आन्दोलनरत शिक्षकहरूबिच वार्ता सुरु
-
भारतीय चौकीमा पाकिस्तानले गोलाबारी गरेको आरोप
-
‘भारतबाट एक थोपा पानी पनि पाकिस्तान जानु हुँदैन’
-
आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
-
तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै