विश्वको महङ्गो जेल, जहाँ हरेक कैदीको खर्च करोडभन्दा माथि छ !

जेलको नाम सुन्नासाथ मनमा धेरै खाले विचार र चिन्ता आउँछ । त्यहाँको सुरक्षा, कैदीहरूको खानपिनको व्यवस्था कस्तो होला भनेर मानिसहरु सोच्छन् । तर, क्युबामा अमेरिकाले बनाएको एक जेलका विषयमा चिन्ता लिनुपर्ने केही छैन ।
त्यहाँ एक कैदीकै लागि करोडौं रुपैयाँ खर्च हुन्छ । त्यहीकारण यसलाई विश्वकै सबैभन्दा महङ्गो जेल मानिएको छ । यस जेलको नाम ग्वान्टानामो बे जेल हो । यो, ग्वान्टानामोको खाडीको तटमा रहेको छ । अमेरिका पत्रिका न्युर्योक टाइम्सका अनुसार यस जेलमा अहिले ४० कैदी छन् । यस जेलमा झन्डै १८ सय सैनिक तैनाथ छन् । अर्थात्, एक कैदी बराबर झन्डै ४५ सैनिकको नियुक्ती छ ।
जेलको सुरक्षार्थ खटिएका सैनिकका लागि हरेक वर्ष ६ हजार करोड नेपाली रुपैयाँभन्दा धेरै खर्च हुन्छ । यहाँ कैदीहरूलाई विशेष सुरक्षा दिनको पनि कारण छ । यहाँ त्यस्ता कैदीहरूलाई राखिएको छ, जो विशेष खतरनाक छन् । मिडिया रिपोर्टर्स अनुसार सेप्टेम्बर ११ को आक्रमणका योजनाकार मानिएका खादि शेख मोहम्मद पनि यसै जेलमा कैद छन् ।
यस जेलमा तीन भवन, दुईवटा जासूसी केन्द्र र तीन अस्पताल छन् । त्यस्तै, यहाँ वकिलका लागि पनि अलग–अलग कम्पाउन्ड बनाइएको छ । जहाँ कैदी उनीहरुसँग कुराकानी गर्न सक्छन् । त्यस्तै यहाँ स्टाफ कैदीहरुका लागि सिनेमा घर र चर्चको पनि व्यवस्था छ ।
अन्य कैदीहरूका लागि जिम हल र प्ले स्टेशन पनि बनाइएको छ । पहिले ग्वान्टानामो अमेरिकी जलसेनाको अड्डा थियो, त्यसको केही समयपछि यसलाई हिरासत केन्द्र बनाइयो । अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले आतंककारी राख्नका लागि यहाँ खडा गरेको कम्पाउन्डलाई एक्स–रे नाम दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि मुछिएको सहकारी ठगीबारे एमाले–रास्वपाबिच प्रतिनिधिसभामा घोचपेच
-
बिहान कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?
-
पोखरा महानगरको भ्याकेट निवेदन : अब फेवाताल किनारमा कुनै कार्यक्रम हुँदैन ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार
-
पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
-
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू