शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको प्रतिनिधित्व नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

शुक्रबार, २८ जेठ २०७८, १३ : २०
शुक्रबार, २८ जेठ २०७८

गण्डकी प्रदेशसभाको बैठक शुक्रबार केहीबेर बसेर स्थगित भएको छ । बैठकको सुरुमै सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारवाही गरिएको सम्बन्धमा संसदीय दलका तर्फबाट पठाइएको पत्र पढेर सुनाएका थिए ।

लगत्तै बैठकलाई अन्य कार्यसूचीमा प्रवेश गराउन खोज्दा एमालेका सांसदले बैठकमा सरकारका तर्फबाट प्रतिनिधित्व नरहेको भन्दै प्रदेशसभा नियमावलीअनुसार बैठक सञ्चालन हुन नसक्ने सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराएका थिए । लगत्तै सभामुखले बैठक स्थगित गरिएको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप