बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बादशाहसँग ज्याकलीन भइन् ‘पानी पानी’

शुक्रबार, २८ जेठ २०७८, १२ : ३५
शुक्रबार, २८ जेठ २०७८

अभिनेत्री ज्याकलीन फर्नाडिस पछिल्लो समय गीत ‘पानी पानी’का कारण चर्चामा छिन् । गीतको भिडियोमा ज्याकलीनले र्यापर बादशाहको साथ रोमान्स गरेकी छन् । भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भएको छ । गीतको शब्द तथा स्वर बादशाह र आस्था गिलको रहेको छ ।

पियुष भगत र शाजिया सामजीको कोरियोग्राफी रहेको भिडियोमा ज्याकलीन बंजार लुक्समा देखिएकी छन् । भिडियोमा बादशाह र ज्याकलीनको केमिस्ट्री सुहाउँदो छ । भिडियोका बिषयमा ज्याकलीनले भनेकी छन्, ‘जब मलाई भिडियोका लागि अफर आयो, मैले तुरुन्त हुन्छ भनेकी थिए । किनभने मलाई गीत राम्रो हुने बिश्वास थियो ।’

‘पानी पानी’ गीत बनाउने र भिडियो सुट गर्ने प्रक्रिया एक सुन्दर यात्रा थियो’ बादशाहले भनेका छन्– ‘आस्था र मैले गीत रेकर्ड गर्दा नै ज्याकलीनलाई यसमा समेट्ने सोच थियो ।’ भिडियो सुन्दर मरुभूमिमा सुटिङ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप