बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय जासुस भन्दै पाकिस्तानले मृत्युदण्ड सुनाएका कुल भूषणले अपिल गर्न पाउने

शुक्रबार, २८ जेठ २०७८, ०९ : २५
शुक्रबार, २८ जेठ २०७८

पाकिस्तानको जेलमा बन्द रहेका भारतीय नागरिक कुलभूषण जाधवले चाडैं मृत्युदण्डको सजायविरुद्ध अपिल गर्न पाउने भएका छन् । ४ वर्षअघि जासूसीको आरोपमा पाकिस्तानको सैनिक अदालतले जाधवलाई यस्तो सजाय सुनाएको थियो । 

पाकिस्तानको संसद्ले बिहीबार ‘इन्टरनेशनल कोर्ट अफ जस्टिस (रिभ्यु एन्ड री–कन्सीडरेशन ओर्डिनेन्स २०२०’ लाई मन्जुरी दिएको छ, सैनिक अदालतबाट सजाय पाएका विदेशी कैदी न्यायका माग्दै सर्वोच्च  अदालतसम्म अपिलका लागि जानसक्ने यसमा उल्लेख छ । 

कानूनमन्त्री फरोग नसिमले बिहीबार संसद्मा पेश गरेको यो विधेयक अब सिनेटबाट पास हुनेछ, त्यसपछि राष्ट्रपतिले हस्ताक्षर गर्नासाथ यो कानून बन्नेछ । 

अहिलेसम्म पाकिस्तानको जेलमा बन्द विदेशी कैदीहरुले सैनिक अदालतले सुनाएको फैसलाविरुद्ध माथिल्लो अदालतमा अपिल गर्न पाउदैन थिए । 

पछिल्लो समय इन्टरनेशनल कोर्ट अफ जस्टिसले जाधवका विषयमा सुनुवाई गर्दै पाकिस्तानलाई यस विषयमा सुधार ल्याउन निर्देशन दिएको थियो । अन्य देशका नागरिकलाई पनि न्याय मिलोस् भन्नका लागि यस्तो गरिएको इन्टरनेशनल कोर्ट अफ जस्टिसले जनाएको थियो ।

जाधव को हुन् ?
पाकिस्तानले जाधवलाई रअको एजेन्ट भन्दै गिरफ्तार गरेको हो । बलुचिस्तानबाट २०१६ मा उनी गिर्फतार भएका थिए । भारतले भने उनी जलसेनाका अवकाशप्राप्त अफिसर रहेको र व्यक्तिगत कामका सिलसिलामा ईरान गएको दाबी गर्दै आएको छ । 

पाकिस्तानले २०१७ मा जाधवलाई मृत्युदण्डको सजाय सुनाएको थियो । भारतले इन्टरनेशनल कोर्ट अफ जस्टिसमा यसविरुद्ध मुद्दा हालेपछि यो सजाय कार्यान्वयन हुन पाएन । कूलभूषणको रिहाईका लागि भारतले कुटनीतिक रुपले पाकिस्तानसँग संवाद अघि बढाएपनि सफलता हासिल भएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप