शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इथियोपियामा खाद्यान्न संकट : अनिकाल लागेको राष्ट्रसंघका सहायता प्रमुखको घोषणा

शुक्रबार, २८ जेठ २०७८, ०८ : ५६
शुक्रबार, २८ जेठ २०७८

संयुक्त राष्ट्रसंघका मानविय सहायता प्रमुख मार्क लोककले उत्तरी इथियोपियामा अनिकाल निम्तिएको बताएका छन् । ‘यहाँ अहिले अनिकाल छ,’ राष्ट्रसंघको सहयोगमा अवस्थाबारे विश्लेषण गर्दै तथ्याङ्क सार्वजनिक गरिएपछि उनले भने,‘अवस्था निकै खराब हुँदैछ ।’

यस अध्ययनले युद्धको चपेटामा परेको टिग्रेई क्षेत्रका ३ लाख ५० हजार जनता ठूलो संकटमा रहेको देखाएको छ । त्यस्तै अम्हारा र अफरमा पनि यस्तै अवस्था छ । 

सरकारी सेना र विद्रोहीबीचको लडाँइको मारमा टिग्रेई परिरहेको छ र अहिलेसम्म यहाँबाट १७ लाख मानिस बिस्थापित भइसकेका छन् । 

अनुसन्धानअनुसार यस क्षेत्रमा खाद्यान्नको अति नै संकट छ । भोकमरीकै कारण मानिसहरु ज्यान गुमाउन बाध्य छन् र यो संख्या बढ्ने डर पनि छ । युनिसेफले संकट समाधानका लागि कदम चाल्न पनि अन्तर्राष्‍ट्रिय समुदायसँग आग्रह गरेको छ । 

सरकार र नागरिकका फरक कुरा 
इन्टिग्रेटेड फेज अफ क्लासिफिकेसन (आईपिसी) नामको यस अध्ययनलाई इथियोपियाको सरकारले भने सहयोग गरेको छैन, देशमा मानविय सहयोगको कार्यलाई बिस्तार गरिएको उसको दाबी छ । यद्यपी, नागरिकहरुको जवाफ फरक छ । टिग्रेईको पश्चिमतर्फ रहेको क्वाफ्ता हुमेराका जनताले भोकै बस्नुपर्ने अवस्था आइसकेको बताएका छन् । ‘हामीसँग खानका लागि केही छैन,’ एक व्यक्तिले फोनमा भने । आफ्नो अन्नबाली र जनावरहरू सात महिने युद्धका क्रममा लुटिएको उनले गुनासो गरे ।

‘हामी बाँकी रहेको अर्थात् मिलिसियाले नदेख्ने गरी लुकाएर राखेको थोरै अनाज खाँदै थियौं । अहिले हामीसँग केही छैन,’ उनले भने । सबैजना मृत्युको संघारमा पुगिसक्दा पनि अहिलेसम्म कुनै सहयोग नआएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप