शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा भारतीय मुलको माथुरले मेरिल्याण्डका सांसदलाई मार्ने धम्कि दिँदा ५ बर्षको कैद सजाय

शुक्रबार, २८ जेठ २०७८, ०८ : ३६
शुक्रबार, २८ जेठ २०७८

अमेरिकामा भारतीय मूलको सिद्धार्थ माथुरले मेरिल्याण्डका एक सांसदलाई मार्ने धम्की दिँदा ५ बर्षको कैद सजाय पाउने भएका छन् । उनलाई आगामी सेप्टेम्बर ९ का दिन सजाय दिइनेछ ।

उनले गत बर्ष २०२० को डिसेम्बरको प्रारम्भिक हप्तामा मेरिल्याण्डका प्रतिनिधिलाई उनको संजालस्थल (वेब साइट) मार्फत सन्देश दिई धम्की दिँदा उन दोषी ठहर भएका छन् ।

उनले त्यति मात्र नभई डिसी प्रहरीलाई पनि झुटा बयान दिएका थिए ।

उनले ज्यान लिने जस्ता धम्की दिएको कारण उनलाई पक्राउ गरिएको थियो ।

उनले रिसमा आफ्नो मत लागेमा तिम्रो कार्यालयलाई उडाइ दिने धम्की पनि दिएका थिए । त्यति मात्र हैन सभासद सदस्यलाई 'तिमी र तिम्रो परिवार कहाँ बस्छन् मलाई थाहा छ' भनेका थिए ।

सिद्धार्थ कुमार माथुरले अमेरिकी सदनका प्रहरीलाई ढाटेको र मार्ने धम्की दिएको बिहिबारका दिन अमेरिकी न्याय विभागले बताएको छ ।

उनलाई गत डिसेम्बरमा नै अभियोग लगाईएको थियो भनि डब्लुटिओपी डटकमले समाचार लेखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप