कांग्रेसले महाधिवेशन : वडादेखि केन्द्रसम्म मिति हेरफेर
नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो ।
यसअघि, ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो ।
उच्च स्रोतका अनुसार कांग्रेसले वडादेखि केन्द्रसम्मको अधिवेशनका पूर्वनिर्धारित मिति फेरबदल गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसले संविधानअनुसार पनि महाधिवेशन भदौभित्र नगरे वैधानिकता गुम्ने अवस्था छ ।
कांग्रेसले कोरोना महामारीका कारण महाधिवेशनलाई स्वास्थ्य मापदण्ड पालना गर्नेगरी र यसअघि हुनेभन्दा प्रक्रियामा विकल्प खोजेर गर्ने भएको हो । त्यो वैकल्पिक प्रक्रिया ‘के हो ?’ खुलाइएको छैन । स्रोतका अनुसार महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ ।
‘सभापतिले पनि भनिसक्नुभयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको भदौ तेस्रो साता हो,’ उच्च स्रोतले भन्यो ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना