अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान
एजेन्सी । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ । चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।
तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो । लङ मार्च–२एफ वाई १२ रकेटलाई बुधबार चीनको उत्तरपश्चिम स्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ । यो रकेटले सम्भवतः आगामी बुधबार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने छ ।
चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले दुई वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउने छ । हाल तियान्हेको वजन करिब ७० टन छ । चीनले चार पटक अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।
चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरूमा वरिष्ठ अन्तरिक्ष यात्रीहरू, नयाँ व्यक्तिहरु र महिलाहरु पनि रहेका छन् । चीनले यसअघि ११ जना यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ जसमा सबैजसो चीनको सेनाका पाइलटहरू रहेका छन् ।
हालसम्म संयुक्तराज्य अमेरिका र रुसले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन् । यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्तराज्य अमेरिकाले सहभागी गराइ रहेको छैन । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?
-
कटहरियामा १२ हजार विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित
-
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु
-
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व
-
लस एन्जलसमा आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु