गण्डकीमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुल्यो

गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो । बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ । यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविधानको धारा १६८(५) अनुसारको मुख्यमन्त्री बन्न सक्ने बाटो खुलेको हो ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे बैठकमा उपस्थिति भएका थिएनन् । यसअघि थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्दा बहुमत पुग्न नसकेर संविधानको धारा १६८ को ३ अनुसार गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पार्टीको ह्वीप उल्लंघन गर्दा राजमोले कारबाही गरेपछि पदमुक्त भएका थापालाई सर्वोच्चले पुनर्बहाली गरिदिएको थियो । योसँगै मनाङेलाई आफ्नो पक्षमा ल्याउन विपक्षीको प्रयास सफल देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
-
निर्देशक रामगोपाल वर्माविरुद्ध अर्को उजुरी दर्ता, धार्मिक भावनामा चोट पुर्याएको आरोप
-
अझै समस्यामा समय, ‘इन्डियाज गट लेटेन्ट’ का सबै प्यानलहरूलाई बोलाइयो
-
तीव्र हावाहुरीले उत्तरी चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
-
शिक्षकहरूको आन्दोलन ११ औँ दिनमा : माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन