बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिपर र कार ठोक्किँदा चालकको मृत्यु

बिहीबार, २७ जेठ २०७८, २३ : ११
बिहीबार, २७ जेठ २०७८

गजुरी गाउँपालिका–६, जहरे खेतमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरे खेतमा टिपर र कार एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका–१० का प्रकाश अधिकारी छन् भने घाइते हुनेमा कारमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

गजुरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ च २७९ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको बा ३ ख ७३९३ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खादा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप