शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आवश्यक बहुमत छ, गण्डकीमा सरकार बनाउँछौं : विपक्षी गठबन्धन

बिहीबार, २७ जेठ २०७८, २१ : ४४
बिहीबार, २७ जेठ २०७८

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा नेतृत्वको सरकारले विश्वासको मत हासिल गर्न नसकेपछि विपक्षी गठबन्धनले आवश्यक बहुमत पुर्याएर सरकार बनाउने बताएको छ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि प्रतिक्रिया दिँदै विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएका कृष्णचन्द्र पोखरेल नेपालीले सरकार बनाउनका लागि प्रदेश प्रमुखले प्रक्रिया शुरु गरेपछि आवश्यक बहुमतसहित उपस्थित हुने बताएका छन् ।

नेता नेपालीले आफ्नो पक्षमा बहुमतका लागि आवश्यक सांसदहरुको हस्ताक्षर रहेको दाबी गर्दै अब विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बन्नेमा कुनै शंका नभएका दावी गरे । उनले बजेट ल्याउने समयसमेत आइसकेकाले आवश्यक तयारी गर्ने बताए । ‘विश्वासको मत समय घर्केपछि आएकाले यसलाई समयमै ल्याउन चुनौति छ, तर हामीमाथि जिम्मेवारी आइसकेपछि त्यसलाई त्यसलाई ब्यवस्थापन गछौं समयमै बजेट ल्याउँछौ,’ उनले भने ।

नेता नेपालीले आगामी दिनमा गठबन्धनलाई काय राख्दै अगाडि बड्ने बताए । उनले सदन बचाउने कुरा भएकाले अन्य माननीयहरूलाई समेत आग्रह गर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप