शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारले आधारहीन नीति तथा कार्यक्रम ल्यायो

बिहीबार, २७ जेठ २०७८, २१ : ३५
बिहीबार, २७ जेठ २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम आधारहीन र प्रचारमुखी मात्र भएको प्रतिक्रिया दिएका छन् ।

बागमती प्रदेश प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे लगत्तै प्रतिक्रिया दिँदै सरकारले जनतालाई झुक्याउन खोजेको उनले बताए ।

प्रदेश सरकारले जनताको आँखा छारो हाल्ने र आधारहीन नीति तथा कार्यक्रम ल्याएको उनको भनाई छ ।

कोरोना संक्रमणको जोखिमका विच बाँचेका प्रदेशवासीलाई खोपको सुनिश्चितताका लागि प्रदेश सरकारले हालसम्म कुनै तथ्याङ्क तयार नपारेकाले प्रदेशका नागरिकहरुलाई वर्तमान सरकारले खोपको आश्वासन मात्र बाँडेको नेता जमरकट्टेलले बताए ।

प्रदेश सरकारले यस विषम परिस्थितीमा जनतालाई केन्द्रविन्दुमा राखेर नयाँ योजना र कार्यक्रम ल्याउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।

सरकारले कोरोना संक्रमण नियन्त्रणको लागि ठोस् कार्यक्रम नबनाई पुराना कार्यक्रमलाई नै प्राथमिकता दिएको नेता जमरकट्टेलले बताए ।

पर्यटन, कृषि तथा उद्योगहरुलाई दिने भनिएको अनुदान कार्यक्रम पनि तथ्याङ्कहीन ढंगबाट तयार पारेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप