शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खोप सकिएपछि काठमाडौँ महानगरद्वारा खोप अभियान स्थगित

बिहीबार, २७ जेठ २०७८, २० : ४७
बिहीबार, २७ जेठ २०७८

खोप सकिएपछि काठमाडौँ महानगरपालिकाले बिहीबार खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । महानगरको शहरी स्वास्थ्य विभागले एक विज्ञप्ति जारी गर्दै जिल्ला छुट्याइएको संख्या पुरा भइसकेको सूचना प्राप्त भएकाले खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने भनिएको थियो । काठमाडौँ महानगरले ३२ वटै वडामा खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए । 

चीनले दोश्रो पटक १० लाख भेरोसिल खोप अनुदानमा दिएपछि सरकारले उमेर समूह छुट्याएर जेष्ठ नागरिकलाई खोप लगाउन थालेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप