शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश आयुर्वेद अस्पतालका डाक्टरमाथि हातपात, ३ जना पक्राउ

बिहीबार, २७ जेठ २०७८, २० : ३४
बिहीबार, २७ जेठ २०७८

प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरूमाथि हातपात भएको छ। डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो।  अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेका हुन्।

डाक्टरहरु सामान्य घाइते भएका छन्। डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।  पक्राउ परेका युवाहरुको विवरण खुलाइएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप